×

वीरगञ्ज, ११ असोज ।  पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ मा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनद्वारा वडा कार्यालयको सहजिकरण र मातृका आई फाउडेशनको सहयोगमा आयोजित निःशूल्क आँखा शिविरमा डेढ सय भन्दा धेरै लाभान्वित भएका छन् । 

आर्थीक अवस्था कमजोर भएका कारण आँखा सम्बन्धी समस्या भएर पनि परीक्षण गराउन नसकेकाहरुलाई मध्यनजर गर्दै गाउँमै शिविरको आयोजना गरिएको उपप्रमुख खातुनले बताईन् । निःशूल्क परीक्षण गराएका मध्ये ४५ जनामा मोतिया बिन्दुको लक्ष्ण फेला परेको मातृका आई फाउण्डेशनका नेत्र चिकित्सक राजेश चौधरीले जानकारी दिए । चौधरीसँगै मनोरञ्जन यादव र सञ्ज्य ठाकुरले आँखा परीक्षण गरेका थिए । 

शिविरमा परीक्षण गराएकाहरुलाई निःशूल्क रुपमा औषधी वितरण गरिएको उपप्रमुख खातुनले बताईन् । यस्तै मोतियाबिन्दु फेला परेका ४५ जनाको यही शुक्रवार निःशूल्क रुपमा शल्यक्रिया गरिने समेत खातुनले बताईन् । 

शिविरमा वडा अध्यक्ष, जनप्रतिनीधिसहित स्थानीयको उपस्थिती रहेको थियो । 

Back to top