×

वीरगञ्ज, ११ असोज ।  वीरगञ्ज पब्लिक कलेजले आयोजना गरेको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ ।

कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्यको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले शिक्षाको गुणस्तरका साथै विद्यार्थीमा अनुशासन पनि हुनुपर्ने आवश्यक्ता औँल्याए । महानगरभित्र सञ्चालित ४६ वटा कलेजमध्ये अधिकांश कलेजमा शैक्षिक विकृति देखिएको कर्णको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव श्याम बञ्जारा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ का इन्चार्ज नीरज पिठाकोटे मगर, सञ्चारकर्मी उज्जवल शर्मा, अवकास प्राप्त सहप्राध्यापक शम्भु सिँह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख हरि तुलाधार, सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, कोअर्डिनेटर वासुदेवलाल कर्ण लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  
 

Back to top