×

वीरगञ्ज, ११ असोज ।  चालु आर्थीक वर्ष २०७८/७९ को २ महिनामा सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले रु. ८ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ । 

साउन र भदौ महिनामा रु ७ अर्ब ७ करोड ५३ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएको कार्यालयले लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख डा. लालबहादुर खत्रीले जानकारी दिए । 

लमो समयसम्मको कोरोना कहर कम भएपछि छिमेकी राष्ट्र भारतसहित तेस्रो मुलुकबाट आयातमा उल्लेख्य बृद्धि हुँदा राजस्व पनि बढेको खत्रीको भनाई छ । 

भन्सार महसुल पैठारीतर्फ रु. कूल ३ अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कूल रु. ३ अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६ सय ७१ रुपैयाँ सङ्कलन भएको छ ।
 

Back to top