×

वीरगञ्ज, ११ असोज ।  पर्साको भिस्वा नाका हुँदै भारततर्फ निकासी गर्ने क्रममा प्रहरीले सुपारीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

शंकाराचार्य गेट पछिको ठूलो नाका भिस्वा भएर भारततर्फ लैँजादै गरेको अवस्थामा सुपारी, छोकडा, मरिच लोड गरिएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रदेश २–०३–००१ त ०००१ नम्बरको आइचर ट्रयाक्टरबाट प्रहरीले ४६ बोरा सुपारी, १५ बोरा छोकडा, १० बोरा केराउ र ५ बोरा मरिच नियन्त्रणमा लिएको बताइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले भने अहिले सम्म ट्याक्टर नियन्त्रण बारे कुनै जानकारी सार्वजनिक गरेको छैन । 
 

Back to top