×

कोरोनाका कारण बारम्बार प्रदर्शन मिति सार्न वाध्य भएका निर्देशक रोहित सेट्टीले अन्ततः प्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ तिहारमा रिलिज गर्ने भएका छन् । महाराष्ट्र सरकारले अक्टुबर २२ तारिखबाट परिस्थिती हेरेर हल खोल्ने निर्णय गरेसँगै रोहितले प्रतिक्षित चलचित्र रिलिजको मिति तोकेका हुन् ।

भारतका अधिकांश राज्यमा हल खुलेपनि महाराष्ट्रमा भने हल खुलेको छैन । बलिउड चलचित्रका लागि महाराष्ट्रमा हल नखुलेसम्म राम्रो व्यापार संभव छैन ।

यो चलचित्रमा नायक अक्षय कुमार र नायिका कट्रिना कैफको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति पक्का भएसँगै नायक अक्षय कुमारले अब कुनै पनि ताकतले चलचित्रलाई नरोक्ने उल्लेख गरेका छन् ।

कोरोनाको दोश्रो लहरपछि केही बलिउड चलचित्र रिलिज भएपनि दर्शकको साथ भने पाएका छैनन् । यसैले, अक्षय र कट्रिनाको एक्सनप्रधान यो चलचित्रले माहोल तताउने अपेक्षा गरिएको छ ।

Back to top