×

वीरगञ्ज १० असोज । पर्सा जिल्लाको पोखरीया नगरपालिकामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले पोखरीया नगर कमिटीको आयोजनामा पोखरीया नगरपालिकाको वडा नं २ लमरियामा वडा स्तरिय भेला सम्पन्न भएको छ ।

लमरियामा भएको भेलामा ३७ सदस्सिय मूल कमिटी , २३ सदस्सिय किसान संगठन , १५ सदस्सिय दलित कमिटी , १० सदस्सिय मुस्लिम कमिटी , २४ सदस्सिय महिला कमिटी गठन भएको छ । नगरपालिका अध्यक्ष भगवान कुर्मीको अध्यक्षता तथा जिल्ला अध्यक्ष प्रभु हजारको प्रमुख आतिथ्य एवं सबिधान सभा सदस्य राजकुमार गुप्ता तथा सविधान सभा सदस्य प्रधुमन चौहानको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजराले प्रमादेशी सरकारले जनताको काम काज गर्न नसकेकोले यो सरकारको कुनै काम नभएको बताउनु । आउँदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी गराई नेपाललाई स्मार्ट सिटी बनाउन आग्रह गर्नु भयो ।


यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सविधान सभा सदस्य राजकुमार गुप्ताले आफैले बोले कुरा आफैले बुझ्न नसकिने प्रधानमन्त्रीसंग देश कसरी चल्छ भने सोच्नु पर्ने कुरा भएको बताउनु भयो । यत्रो वर्ष देश चलाएर नेपाली काँग्रेसले आफ्नो घरबार बाहेक अरू कसैको लागि केही नगरेको नेता गुप्ताले बताउनु भयो ।

नेकपा एमालले जेष्ठ नागरिकहरुका लागि वृद्ध भता ल्यायो , युवाहरुको लागि युवा स्वरोजगार योजना ल्यायो , गरीब विप्पन परिवारका लागि जनता आवास कार्यक्रम चलायो यस्ता धेरै काम गरेको पार्टी हो नेकपा एमाले बताउनु भयो ।

यो सरकारको ८२ दिन पूरा भयो अहिले सम्म सरकार बनाउन नसकेकोले के सरकार चलाउँला यस्तो सरकारसँग जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा नेकपामै नेपाल बनाउन आग्रह गर्नु भयो । उहाँले मतपत्र च्यात्ने, बति निभाएर निर्वाचन जित्ने युग समाप्त भएको बताउदै जनताको काम गर्न नेतालाई आग्रह गर्नुभयो । ३८ महिनामा ओलीले गरेका राष्ट्रिय गौरवका आयोजना, मधेशको लाईफलाईन हुलाकी सडक निर्माण लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो ।

उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा एकतावद्ध हुन सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व सांसद प्रधुमन् चौहान , नेता विधाचल ठाकुर , हनिफ मियाँ , अकलेस साह लगायतका नेताहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो।
कार्यक्रममा राधा साह कानु , सुनिल कुशवाहा , रामेश्वर चौहान , भरत साह , सुनित साह गोढ , रामजोध्या राउत लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Back to top