×

सोनु खड्का (शरद)  :

१ 
कसरी भनौ इमानदार छ सोझो छ, सुन्दै सुन्दैन
यो भन्दा घटिया दुनियाँमा को छ, सुन्दै सुन्दैन ।
अपराध नै भयो,न् याय माग्न जानुहुन्छ भनेपनी 
देशको न्यायालय अन्धो छ बहिरो छ, सुन्दै सुन्दैन ।।


आफैले बोलेको वचन आफै तोड्नु भएछ
कुन्नी जिन्दगी कुनदिशातिर मोड्नु भएछ ।
स्कुल पढाउदा धन भन्दा बिद्या ठूलो भन्ने सरले
कस्तो अचम्म पैसाकै कारण जागीर छोड्नु भएछ ।।


यो दिलले अरुलाई नै सजाउछ, के पिर भो र ? 
झन यस्तै खेल खेल्न मजा आउँछ,के पिर भो र ? 
तिमीले मुटुमा घाउ नै बनाएर गयौ मतलब भएन 
अर्को मान्छे आउँछ मलम लगाउँछ, के पिर भो र ? 


जति बल गरेता पनि मनाउन गाह्रो पर्छ 
राम्रो मनले त झन  फकाउन गाह्रो  पर्छ ।
आन्दोलन नगरेर टायर नबालेर मेरो देशमा
निदाएको सरकारलाई ब्युझाउन गाह्रो पर्छ  ।।


हुँदैन अरु कुरा गर्न जरुरत ,आफ्नै भईहाल्छ
गर्नु एकपटक नोटले स्वागत, आफ्नै भईहाल्छ
केही  थान पैसा मात्रै हुनुपर्छ मेरो देशमा 
यो कानुन यो अदालत आफ्नै भईहाल्छ ।।

सोनु खड्का (शरद) 
सानिभेरी गाउँपालिका रुकुम (पश्चिम) 

Back to top