काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षणमा ७ सय ३० र ५ हजार १ सय ४७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २ सय ७९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।