×

वीरगञ्ज, १० असोज ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवामा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा भेला सम्पन्न भएको छ । 

संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानअन्र्तगत शनिवार साँझ  भेला सम्पन्न भएको हो । वडा एकाई कमिटीका अध्यक्ष सुलेमान अन्सारीको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी जसपा पर्साका सचिव तबरेज अहमदले पार्टीलाई सशक्त रुपमा गतिशिल बनाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘ पार्टीप्रति ४ वटा ‘ब’ का कारण आकर्षण हुने गरेको छ ।’ व्यक्ति, व्यवहार, बजेट र विचार हेरेर पार्टीमा आकर्षित हुने गरेको अहमदको भनाई छ । मधेशवादी दलकै देनस्वरुप नै अहिले मधेशी कोटाबाट धेरै नागरिकले लाभ लिईरहेको उल्लेख गर्दै उनले समावेशिता र समाजवादको यात्रा जसपाले शुरु गरेको दावी गरे । आम नागरिकलाई पार्टीका बिचार र एजेण्डाको बारेमा सचेत नबनाउँदासम्म समाजवादको यात्रा गनतव्यमा नपुग्ने अहमदको अडान छ । 

पार्टीप्रतिका नकरात्मक दृष्टिकोणलाई परिवर्तन गर्न र सकारात्मक छाप छोड्नका लागि पनि प्रशिक्षण तथा सुदृढीकरण अभियान थालेको अहमदले बताए । 

भेलामा जसपा पर्साका सदस्य जितेन्द्र यादव, भिखारी अन्सारी, प्रेम अर्याल, वीरगञ्ज महानगरपालिकाको न्यायिक समितिका सदस्य तुफैल अख्तर, समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादव, संघका जिल्ला ईन्चार्ज अमित यादव, जिल्ला अध्यक्ष गौरव बर्मा, उपाध्यक्ष मनमोहन पाण्डे लगायतको उपस्थिती रहेको थियो । 
कार्यत्रमको सहजिकरण प्रवेज आलमले गरेका थिए ।
 

Back to top