×

जर्मनीमा आज संसदीय निर्वाचन हुँदैछ।  २० वर्ष शक्तिशाली चान्सलरका रुपमा जर्मनीको शासन शत्तामा रहेकी एंगेला मर्केलको औपचारिक विदाई समेत हुनेछ।

जर्मनीका सडक र गल्लीहरु निर्वाचनमय भएका छन्। आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न उम्मेद्वारहरु निर्वाचनको अन्तिम समयसम्म पनि सक्रिय रहेका छन्।

लामो समय शासन सत्तामा रहेकी चान्सलर मर्केलले निर्वाचनमा कसको पक्षमा समर्थन गर्ने भन्ने विषयमा पनि महत्वपूर्ण बनेको छ।

अन्ततः मर्केलले कन्जरभेटिभ उम्मेद्वार अर्मिन ल्यासचेटको र्‍यालीमा सहभागी भएर आफ्नो समर्थन देखाएकी छन्।  चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

निर्वाचनमा सोसियल डेमोक्र्याटिक पार्टीका ओल्फ स्कोल्ड र कन्जरभेटिभ पार्टीका अर्मिन ल्यासचेट बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

जर्मनीमा १८ वर्ष माथिका ६ करोड मतदाता निर्वाचनमा सहभागी हुँदैछन्। निर्वाचन स्थानीय समय अनुसार साँझ ६ बजे सकिनेछ।

Back to top