×

पालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी गुर्जो, यसले अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समय सम्म नसुक्ने हुन्छ । यसको प्रयोग गद्र्रा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यान दिनुपर्छ ।

गुर्जो सेवन गर्ने विधि: १. ताजा गुर्जोको लहरा १० देखि ३० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

२. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।

४. हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ। टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।

५. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।ताजा गुर्जोको सेवनले कम्तीमा ३÷४ महिना भित्र शरीरमा अद्‌भुत परिवर्तन ल्यउँदछ ।

गुर्जोको फाईदाहरु: 
१. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
२. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।
३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात९ खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

४. किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुऱ्याउँदछ ।
५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।
६. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।

७. रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् ।
८.अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।
९. टि.बी. (क्षयरोग)का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

८. गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ ।
९. उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुऱ्याउँदछ ।
१०. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।

ध्यान दिनु पर्ने कुराहरु:
१. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ।
२. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।
३. गर्भवती , दुधपान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा , पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।

Back to top