×

वीरगन्ज १० असोज । ठोरी गाउँपालिकामा शनिवारदेखि समाजसेवी स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ ।

स्व. रामबहादुर श्रेष्ठ फूटबल प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष झलकबहादुर शाक्यको अध्यक्षतामा भएको उद्घाटन सांसद प्रदीप यादवले गरेका थिए भने सत्रमा गापा प्रमुख पद्यलाल श्रेष्ठ, जगरनाथपुर गापा प्रमुख जालिम मियाँ, जसपा केन्द्रीय सदस्य अन्जान शाक्य, वडाध्यक्षहरू किशोर तामाङ, बईबहादुर तामाङले शुभकामना व्यक्त गरेका थिए ।

शनिबार भएको उद्घाटन खैलमा हाम्रो फूटबल क्लब वीरगञ्ज विजयी भएको छ । राप्ती रिभर युवा क्लब मनहरी, मकवानपुरलाई शून्यका विरुद्ध एक गोल अन्तरले वीरगंज विजयी भएको हो । वीरगञ्जका सिर्जन चौधरीले खैल शुरू भएको ३ मिनेटमा गरैको गोल आजको खेलको निर्णायक बन्यो । चौधरी नै आजको म्यान अफ दि म्याच घोषित भए ।

ओलि महावीर युवा स्पोर्ट्स क्लब जीराभवानी र युगज्योति युवा क्लब पिप्ले, चितवनबीच खेल हुनै आयोजकले जनाएको छ ।

ठोरी–४ स्थित विजयबस्ती खैल मैदानमा शनिबारदेखि शुरू भएको प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ टिमको सहभागिता छ ।

https://fb.watch/8fy9AplE-x/        https://fb.watch/8fyaV-7GSR/

Back to top