×

वीरगञ्ज, ९ असोज ।  वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडियाले राजनीतिमा उत्रिने उद्घोष गरेका छन् । वीरगञ्ज पब्लिक कलेज ९बिपिसी०ले वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी केडियाले आगामी  निर्वाचनमा चुनावी मैदानमा होमिने घोषणा गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका केडियाले राजनीतिबाटै परिवर्तन सम्भव भएको उल्लेख गर्दै जनताको सेवा र आफ्नो समाजको विकासका लागि राजनीति बाहेक अन्य विकल्प नभएको दावी गरे । उद्यमी तथा व्यवसायको क्षेत्रमा पकड बनाएका व्यक्तिहरु पछिल्लो समयमा राजनीतिमा पनि बलियो पकड बनाएकाले केडियाले उक्त उद्घोष गरेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । 

मारवाडी समुदायबाट अनिल रुंगटा, बिजय कुमार सरावगी, बसन्त भक्कड लगायतका व्यक्तिहरु सक्रिय रुपमै राजनीतिमा लागीरहेको समयमा नयाँ अनुहारको रुपमा केडियाको आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

आगामी दिनमा वीरगञ्जका यी सबै मारवाडी समुदायबाट चुनावी मैदानमा बाजी कसले मार्ला भन्ने जिज्ञासा सबैको मनमा पलाएको छ । यद्यपी निर्वाचनमा उत्रिने उद्घोष गरेपनि कुन पदका लागि प्रतिस्पर्धा गर्ने भन्ने नखुलाएपछि अरु उम्मेदवारीहरुलाई उत्सुक्ता भएको छ । 

Back to top