वीरगञ्ज ८ असोज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ बुढगाई सीमा नाका क्षेत्रबाट लागू औंषध गाँजा बरामद भएको छ ।
गस्तीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको सशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोलीले करिब १ बजे लागू औंषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा १० किलो ६ सय ४० ग्राम रहेक प्रहरीले जनाएका छन । तस्करहरुले नेपालबाट टाउकोमा बोक भारत तरफ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी गस्तीको टोली हेरेर गाँजाको पोका फालेर भारतिय क्षेत्रमा तस्करहरु भागेका छन ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जानकारी दिनु भएको हो ।