×

ईन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई हराएको छ। दुबईमा बुधबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई ८ विकेटले पराजित गरेको हो।

हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। दिल्लीको जितमा श्रेयस अय्यरले अविजित ४७ रन जोडे। यस्तै ऋषभ पन्तले अविजित ३५ रन बनाए। शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए।​ 

हैदरावादका खलिल अहमेद र राशिद खानले १-१ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो।​ हैदरावादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए। रिद्दिमान साह र केन विलियम्सनले १८-१८ रन जोडे । मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए। एन्रिच नोर्किया र अक्षर पटेलले २-२ विकेट लिए।

जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ। हैदरावादको ८ खेलमा २ अंक छ। 

Back to top