×

वीरगञ्ज ७ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलीका सामान सहित ट्रक चालकलाई पक्राउ गरेको छ ।


ना.रख ९७३७ नम्बरको ट्रकलाई वीरगञ्ज वडा नम्बर ८ लाल बङ्गला अगाडिबाट नियन्त्रणमा लिएको र चेकजाँच गर्दा ट्रकमा बिलबिजक नभएको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

मेडिकल सामान र खुद्रा सामानहरू जनकपुर लग्ने क्रममा सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रहरीले ट्रक चालक बीरगञ्ज वडा नम्बर १४ का परमानन्द प्रसाद कुर्मीलाई पक्राउ गरेको र ट्रक, बरामद सामान तथा मानिसलाई आवश्यक कारबाईको लागि राजस्व अनुसन्धान पथलैयामा बुझाएको प्रवक्ता खनालले बताए ।

जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भने ट्रक र सामानको मूल्य ६० लाख निर्धारण गरिएको छ ।

Back to top