पोखरा ६ असोज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ को पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा पर्यटन व्यवसायलाई सुरक्षित गर्न उद्योग वाणिज्य महासंघ वीरगञ्जका टोली र प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउत तीन दिने भ्रमणका लागि बुधबार पोखरा गएका छन् ।
गण्डकी प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री राउत, वीरगन्ज नगर प्रमुख विजयकुमार सरावगी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष गणेश लाठ, यातायात परिवाह तथा आइसिडी समितिका सभापति अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोज दास, सचिव आशिष लाठ, पर्यटन तथा हवाई यातायात समितिका सह संयोजक सञ्जय अग्रवाल, नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष अनुप अग्रवाल तथा पर्यटन तथा हवाई यातायात समितिका सदस्य विनोद चौधरी भ्रमणमा गएका हुन ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा अपूर्तिमन्त्री मणिभद्र शर्मा, सुचना सञ्चार तथा प्रदेश सभामा मार्मिलामन्त्री विन्दुकुमार थापाले पोखरा विमानस्थलमा स्वागत गर्नुभयो । पोखरा विमानस्थलमा उहाँको स्वगतका लागि पञ्चकन्या सहित प्रदेश सरकारका अधिकारीहरु पुग्नुभएको थियो ।
दुई प्रदेश बीचको आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मुख्यमन्त्री नेतृत्वको टोली तीन दिने भ्रमणका लागि पोखरा आउनु भएको गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
दुबै प्रदेशबीचको सहकार्य र पर्यटन प्रवद्र्धनका विषयमा छलफलका समेत गरिने भएको छ । बिहिबार बिहान होटल बाराहीमा दुई प्रदेशवीचको पर्यटन प्रर्वद्धन लगायतका विषयमा छलफल कार्यक्रम आयोजना गरिएको टानका महासचिव कमला गरिने जानकारी दिनुभयो । उक्त कार्यक्रमको व्यवस्थापन टानले गरिरहेको छ ।
मुख्यमन्त्री रावतलले तीन दिने भ्रमणमा पोखराका पर्यटकीय क्षेत्रहरुको भ्रमणका तालिका तय भएको नेपाल एशोसियशन अफ दुर एण्ड ट्राभल एजेन्टस्ले जनाएको छ । मुख्यमन्त्री रावतको सम्मानमा बुधबार साँझ पोखराको लेकसाइड स्थित होटल बाराहीमा गण्डकी प्र्रदेशका मुख्यमन्त्रीले राती भोजको समेत आयोजना गर्नुभएको छ ।