वीरगञ्ज ६ असोज । नेपाल–भारतबीचको सम्बन्धलाई थप सुमथुर बनाउनुपर्र्ने नेपाल–भारत मानव विकास मेत्री संघका अध्यक्ष सूर्य भुसालले बताएका छन् ।
मङ्गलवार वीरगंजमा पत्रकार सम्मेलन गरी नेपाल–भारतबीचको सम्बन्धलाई थप सुमथुर बनाउनुपर्ने अध्याक्ष भुसालले नेपाल र भारत दुवै छिमेकी राष्ट्र सँगै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
उनले वर्तमान अवस्थालाई सन्दर्भमा नेपाल र भारत दुवै मित्रराष्ट्र सँगै मिलेर अगाडि बढ्नुपर्ने बताए । पत्रकार सम्मेलनमा अध्यक्ष भुसालले दुई देशबीच आर्थिक, धार्मिक र पारिवारिक सम्बन्ध रहेकोले कसेले चाहेर नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई बिगार्न नसकन उनले ठोकुवा पनि गरे ।
उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने कुरामा जोड दिए । उनले नेपालको संविधान कार्यान्वयन गर्न आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताए । यसो गर्दै गएको खण्डमा मात्र सङ्गीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्ने उनको तर्क थियो ।
विकासको सवालमा दुवै देशले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्ने कुरामा जोड दिदै नेपाल– भारतबीचको सम्बन्ध बलियो बनाउन सबैले भूमिका खेल्नुपर्ने सुझाव दिए । दुई देशबीचको तिक्तता हटाउनुपर्ने र सकारात्मक ढङ्गबांट नेपाल र भारतबीचको सम्बन्धलाई रूपान्तरित अवस्थामा लैजानुपर्ने बताए ।