×

व्यवसायी तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रा जमानतमा रिहा भएका छन् । अश्लील भिडियो निर्माण र प्रसारणको मुद्दामा दुई महिनादेखि अर्थर रोड जेलमा रहेका उनी मंगलबार जमानतमा रिहा भएका हुन् । कुन्द्रालाई ५० हजार रुपैयाँ धरौटी र केही शर्तहरूसहित जमानत दिइएको हो । जेलबाट बाहिर निस्कनले क्रममा राजको आँखामा आँसु थियो ।

श्रीमान रिहा भएपछि यता शिल्पाले भने इन्स्टाग्राममा प्रेरणादायिक कुरा पोस्ट गरेकी छन् । शिल्पा लेख्छिन्, “त्यस्तो पलहरू पनि हुन्छन्, जसले तपाईंलाई भुईँमा पर्छाछ । यस्तो समयमा, यदि तपाईं ७ पटक पछारिनुहुन्छ भने तपाईं ८ पटकसम्म पनि फेरि उठ्ने सामर्थ राख्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु ।

तपाईंको यस्तो गाह्रो परिस्थिथिमा तपाईं फेरि उठ्ने धेरै शक्ति, अनि साहस चाहिन्छ,” उनी अगाडि लेख्छिन्, “जीवन नामक यात्राका यी अप्ठ्यारा परिस्थितिहरूले तपाईंलाई अझै बलियो बनाउँछ । हरेकपटक तपाईं पुनः उठ्दा तपाईं नयाँ जोश, संकल्पका साथ असम्भवलाई सम्भव बनाउनेगरी आउनुहुन्छ ।”

सामाजिक सञ्जालमा करिब एक महिनाको ब्रेकपछि उनी फर्किएकी हुन् । यतिमात्रै नभई उनी काममा पनि फर्किसकेकी छिन् । इन्डियन एक्सप्रेसबाट ।

Back to top