×

वीरगञ्ज ६ असोज । संविधानसभा सदस्य एवम् वरिष्ठ उद्योगपति अनिल रुङ्गटाको पहलमा मन्त्री परिषदले मंगलबार सम्पूर्ण नाका खोल्ने निर्णय स्वागत योग्य रहेको नेपाल भारत सहयोग मंचको केन्द्रीय अध्यक्ष एवम् बरिष्ठ उधोगी समाजसेवी अशोक कुमार बैध बताएका छन ।


यता संविधानसभा सदस्य एवम् वरिष्ठ उद्योगपति अनिल रुङ्गटाको पहलमा मन्त्री परिषदले मंगलबार  सम्पूर्ण नाका खोल्ने निर्णय गरेपछि सिमा नाकामा रहेका होटेल तथा पर्यटन व्यवसायीहरु खुसी जाहेर गरेका छन ।


भारतले कोरोना महामारी न्युन भएपछि आफ्नो सम्पूर्ण नाका खोलेको भएतापनि नेपालले बन्द यथावत राखेको कारण नेपालको प्रमुख आम्दानीको स्रोत पर्यटन व्यवसाय धरासायी हुँदै गएको थियो ।


भारतीयहरु आउने मालसामान आउने तर निजी सवारी साधनहरु आउन रोक लगाएको कारण आफ्नो बन्द व्यापार चौपट हुन थालेपछि होटेल तथा पर्यटन व्यवसायी संघ बिरगञ्जका अध्यक्ष हरि पन्तले आफ्नो अगुवाईमा पत्रकारहरुको समेत एक टोली काठमाण्डौं लगेका थिए । सो टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाए लगत्तै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पुर्ण सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।

Back to top