×

बलिउडका बादशाह मानिने अभिनेता शाहरुख खान यस पटक ठूलो विवादमा फसेका छन्। ट्विटरमा उनका विरुद्ध कडा आलोचना भइरहेको छ। उनलाई बहिष्कार गर्ने विषय ट्रेन्डिङमा समेत आएको छ।

कोइमोइका अनुसार शाहरुख पाकिस्तानसँगको सम्बन्धका कारण आलोचित बनेका हुन्। शाहरुख र पाकिस्तानबीच सम्बन्ध रहेको र उनले बारम्बार भारतीयको धार्मिक भावनामाथि चोट पुर्याएको ट्विटर प्रयोगकर्ताको दाबी छ।

उनीहरुले ट्विटरमा शाहरुखका विगतका तस्बिर, समाचार र घटना पोस्ट गरेका छन् जसमा अभिनेता खानले पाकिस्तानी क्रिकेट खेलाडीलाई समर्थन गरेको र भारतबारे असहिष्णुता कुरा गरेको देखिन्छ।

उनीविरुद्ध गरिएका ट्विटमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र शाहरुख सँगै भएको फोटो, उनले भारतमा मुस्लिमलाई गरिने व्यवहारबारे बोलेका कुरा र केही मिमहरु छन्।

यी पोष्टमा हरेकले शाहरुखलाई बहिष्कार गर्नुपर्ने लेखेका छन्। यससँगै ट्विटर प्रयोगकर्ताले शाहरुखको आउँदो फिल्म पठानविरुद्ध पनि बोलेका छन्। उनीहरुका अनुसार अभिनेता अक्षय कुमार र अजय देवगनले भारतको इतिहासलाई आफ्ना फिल्ममार्फत् सकरात्मक रुपमा देखाइरहेका बेला शाहरुखका फिल्म त्यसको उल्टो हुने आरोप छ।

यता शाहरुखका ट्विटर फ्यानहरु भने उनको पक्षमा उभिएका छन्। शाहरुखका फिल्महरु चुनावी प्रचार वा कुनै विशेष समूहको स्वार्थका लागि नबनेको उनीहरु बताउँछन्। शाहरुखको आगामी फिल्म पठानमा अभिनेत्री दीपिका पादूकोणको पनि अभिनय छ।

उनीहरुसँगै फिल्ममा अभिनेता जोन अब्राहम र आशुतोष रानालाई देख्न सकिन्छ। यो फिल्मको बजेट लगभग दुईसय पचास करोड भारु छ। फिल्ममा अभिनेता सलमान खानलाई अथिति कलाकारको रुपमा पनि देख्न पाइने छ।

Back to top