×

निकै निरस खेल प्रदर्शन गरेको बार्सिलाना स्पेनिस ला लिगामा ग्रान्डासँग आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । रोनाल्ड आराउजोले खेलको अन्तिममा मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । नतिजाले प्रशिक्षक रोनाल्ड कुमानमाथि थप दबाब बढेको छ ।

सोमबार राति भएको खेलमा  डोमिङ्गो डुआर्टेले खेलको दोस्रो मिनेटमा नै ग्रान्डालाई अग्रता दिलाएका थिए । गत हप्ता बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको बार्सिलोनाको प्रदर्शन सन्तोषजनक रहेन । बराबरी फर्काउनका लागि बार्साले खेलको ९० औँ मिनेटसम्म पर्खनुपरेको थियो ।

बराबरीपछि बार्सिलोना लिगमा अपराजित रहेको छ । चार खेलबाट ७ अंक बटुल्दै टोली लिगको आठौँ स्थानमा रहेको छ । ग्रानाडा भने हालसम्म जीतविहीन रहेको छ । ३ अंकसहित टोली लिगको १७ औँ स्थानमा सिमित रहेको छ । 

Back to top