×

पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।

अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । ​कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए । 

Back to top