×

वीरगञ्ज ४ असोज । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को सातौं शाखा कार्यालय बिरगञ्जमा स्थापना भएको छ । 

बिरगञ्ज महानगर पालिका वडा नम्बर ६ स्थित आदर्शनगरमा रहेको रुंगटा महलमा कार्यालय स्थापना गरेर संस्थाले आफ्नो सेवा अगाडी बढाएको छ । 

संस्थाको औपचारिक कार्यक्रमको आयोजना गरि उद्घघाटन कार्यक्रमका प्रमुख अतिथि एवं बिरगञ्ज  महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सहकारी संस्थाले बचत संकलन र ऋण लिने दिनेमा मात्रै ध्यान नदिई उत्पादन मुलक क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभयो । 

बिरगञ्जमा साना उद्यमीहरु प्रसस्त रहेकाले उनीहरुसंगको सहकार्यमा उत्पादनमुलक काम गर्न सुझाव दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बिरगञ्जमा  अवैध वित्तीय कारोबारलाई रोक्न चुनौती रहेको देखिएको भन्दै सहकारीले वित्तीय कारोबारलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सानोपाइला सहकारी संस्था बिरगञ्जकी प्रमुख तस्विरन  खातुनले सहकारीको भिडमा स्थापना भएको चन्द्रदर्शनले छुट्टै पहिचान बनाउन सकोस भन्ने शुभकामना दिनुभयो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले वीरगञ्जमा संस्थाको सातौ शाखाको रुपमा कार्यालय स्थापना भएको भन्दै सेवाग्राहीको हितलाई ध्यानमा राखेर आफूहरु सेवा दिन तयार रहेको बताउनुभयो ।

संस्थामा सदस्य बनेका सेवाग्राहीले जुन सुकै शाखाबाट पैसा राख्न र झिक्न सक्ने व्यवस्था रहेको पनि उहाले जानकारी दिनुभयो ।

संस्थाले चितवन बाहेक काठमाण्डौ, भक्तपुरबाट सेवा दिइरहेकोमा आजदेखि वीरगञ्जबाट पनि सेवा सुरु गरेको हो ।

आजबाट चन्द्रदर्शनले सेवा सुरु गरेसँगै वीरगञ्जमा मात्रै सहकारी संस्थाको संख्या १ सय ९३ पुगेको छ ।

संस्थाका अध्यक्ष रन्दीप श्रीवास्तबको सभातित्वमा सम्पन्न उद्घघाटन कार्यक्रममा सहकारी विज्ञ केशव थापा, व्यवसायी मुरलिधर रुगंटा, सुदिर रुंगटा, पन्कज अग्रवाल, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढका अध्यक्ष प्रतिक्षा रानाभाट,बुधत्व बहुउद्देशिय सहकारि संस्था काठमाडौंका अध्यक्ष राममणि तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यसअघि संस्थाले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा ३५ जनाले रक्तदान गरेको संस्थाका कार्यकारी अधिकृत राजन पौडेलले जानकारि दिनुभयो । कार्यक्रमको संचालन सञ्चारकर्मी निलिमा पौडेलले गर्नुभएको थियो ।
 

Back to top