×

वीरगञ्ज ४ असोज । वीरगञ्जमा हाईड आउट रेष्टुरेन्ट सञ्चालनमा आएको छ । वीरगञ्जकाे मुख्य सडक अलखिया मठ चोकमा ६५ लाखको लागतमा हाईड आउट रेष्टुरेण्ट आईतबारदेखि सञ्चालनमा आएको हो ।

ठेलामा भूजा पकौडी खानेहरुको भीड हुने गरेको वीरगञ्जमा नयाँ खुलेका रेष्टुरेण्टहरुमा पनि उक्तिकै भीड देखिने गरेपछि पछिल्लो पटक नयाँ रेष्टुरेण्टहरु थपिदै गएका छन् ।

परम्परागत शैलीको मौलिक खाजा भूजा पकौडीको ठेलामा खाजा खाने विशेषता रहेको वीरगञ्जमा पछिल्लो समयमा आधुनिक शैलीको रेष्टुरेण्टहरु पनि खुल्न थालेका छन् । समयको मागसँगै युवाहरुमा फेरीदै गएको खाजा खाने शैलीले आधुनिक रेष्टुरेण्टहरु खुल्न थालेका छन् ।

वीरगञ्जमा युवा व्यवसायी अमित शर्मा र अमृत लामाले साझेदारीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । आधुनिक शैलीमा आकर्षक सजावटका सात रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको छ ।

आधुनिक जीवनशैली र युवायुवतीहरुमा फेरिदै गएको खाजा खाने शैलीले पनि रेष्टुरेण्ट व्यवसाय सञ्चालनमा आपूmहरुलाई आकर्षित गरेको हाईड आउट क्याफेका सञ्चाल अमित शर्माले बताए ।

धेरै रेष्टुरेण्टहरु सञ्चालनमा रहेकाले व्यवसायमा चुनौती भएपनि ग्राहकसँग गरिने व्यवहार र सेवाले पनि आफूहरुको व्यवसायमा सफलता प्राप्त गर्ने विश्वास शर्माले लिनुभएको छ । दुईजनाको साझेदारीमा सञ्चालनमा ल्याईएको रेष्टुरेण्टमा अहिले १८ जना कामदार कर्मचारीहरुले रोजगारी पाएका छन् ।

Back to top