×

वीरगञ्ज, २२ भदौ ।  माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल पर्साको प्रथम बैठक तथा सपत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । 

संघका पर्सा अध्यक्ष भुपेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले जनताको बहुदलिय जनवादको अवधारणाअनुरुप जन्मिएको नेकपा एमाले चाकडी गर्ने पार्टीको रुपमा परिणत भएपछि नेकपा एकिकृत समाजवादी पार्टीको जन्म भएको बताए । कुनै पनि संगठनभित्र हामी भन्नुको सट्टा म भन्ने भनाई आउने बित्तिकै उक्त संगठन बिलय हुने सङ्केत शुरु हुने अध्यक्ष थापाको टिप्पणी छ ।  
समाजवादीको समयमा पुजीवादीहरु हावी हुँदा विकल्पको रुपमा पनि एकिकृत समाजवादी निर्माण भएको बताउँदै अध्यक्ष थापाले समाजवादी क्रान्तिका लागि सबै एकबद्ध हुनुपर्ने आवश्यक्ता औँल्याए । 
कार्यक्रममा एकिकृत समाजबादी पार्टीका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, युवा संघ नेपालका सचीव अरुण यदाव, प्रदेश नम्बर २ का अध्यक्ष अर्जुन सिँह, एकिकृत समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, युवा संघ नेपालका सचिवालय सदस्य अनिल पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

युवा संघ वीरगञ्ज महानगर कमिटीका उमेश ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण संघका सहसचिव  आकाश पटेलले गरेका थिए । 
 

Back to top