वीरगञ्ज, २ असोज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय निर्वाचन नजिकिएसँगै लोसपाले कार्यकर्ता भेटघाटमा जोड दिएको छ । कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीयको समस्या तथा गुनासो सुने पश्चात लोसपाका युवा नेता राजेशमान सिंहले वीरगञ्जको विकासका लागि आउँदो निर्वाचनमा साइकलमा मतदान गरेर पार्टीलाई नेतृत्वदायी भूमिकामा पठाउन अपिल गरेका छन् ।
स्थानीय सञ्जय मण्डलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेता मुकेश द्विवेदी, वकिल मिया, स्थानीय नेता प्रमोद प्रसाद पटेल, रामजी पटेल, कृष्णा पटेल, अजय महतो, शिवकुमार पटेललगायत स्थानीय वासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रको सहजीकण पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले गरेका थिए ।