वीरगञ, असोज २ । पर्सा हेल्थ क्लिनिक वीरगञ्जले सर्लाहीमा स्याटेलाइट क्लिनिक सञ्चालनमा ल्याएका छन् ।
सर्लाही र रौतहट जिल्लावासीहरुलाई लक्षित गर्दै शनिबारदेखि स्याटेलाइट क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
सर्लाहीको बरहथवास्थित जय दुर्गे मेडिकल हालमा पर्सा हेल्थ क्लिनिकले सञ्चालनमा ल्याएको स्याटेलाइट क्लिनिकमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दासले परामर्श सेवा दिने भएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा समेत कार्यरत रहेका डा. दासले प्रत्येक महिनाको प्रथम शनिबार स्याटेलाइट क्लिनिकमा सेवा दिने जनाइएको छ । स्याटेलाइट क्लिनिकमा प्याथोलोजी ल्याब र औषधि समेतको सेवा उपलब्ध रहेको पर्सा हेल्थ क्लिनिकका निर्देशक आँशु सर्राफले जानकारी दिए ।
स्याटेलाइट क्लिनिक सुरु गरिएको पहिलो दिन सर्लाही र रौतहटबाट आएका विरामीहरुलाई परामर्श सेवा दिईएको डा. दासले बताए । उनले आगामी दिनमा महिनामा २ पटकसम्म क्लिनिकमा सेवा दिने आफ्नो योजना रहेको जनाए ।