×

वीरगञ्ज, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) पर्साले संगठन विस्तारलाई तिव्रता दिएको छ । जसअन्र्तगत पर्साको धोबिनी गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा जसपाको जनवर्गीय संगठन समाजवादी दलित मुक्ती महासंघ गठन गरिएको छ । 

सोमवार धोबीनी गाउँपालिकामा अवधेश बैठाको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरिएको थियो । जसको उपाध्यक्षमा सुरेन्द्र राम, हरिन्द्र हजरा, गुदर राम, सचिवमा खोबारी राम, सहसचिवमा अशर्फी हजरा, दिनेश राम र कोषाध्यक्षमा समिन्त्रा देवी चयन भएका छन् । 

त्यसैगरी बुधवार पर्साकै सखुवाप्रसौनी गाउँपालिकामा जगदेव रामको अध्यक्षतामा २१ सदस्यीय समाजवादी दलित मुक्ती महासंघ गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा झाक माझी र गोपाल राम, सचिवमा श्रीराम पासवान, सहसचिवमा अशोक पासवान  लगायत रहेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । 

समाजवादी दलित मुक्ती महासंघ पर्साका अधयक्ष नरेन्द्र हजाराको अध्यक्षतामा समिती विस्ता गरिएको हो । कार्यक्रममा महासंघका जिल्ला कमिटीका गणेश महरा लगायतको उपस्थिती रहेको थियो । 

वर्षाैदेखि हेपिएका दलित समुदायका आवाजहरुलाई उर्जागर गर्ने र समाजमा समानता ल्याउने अभिप्रायले दलितहरुको एकता गर्न संगठनको आवश्यक्ता भएको सचिब अहमदको भनाई छ । अहमदका अनुसार पर्सा जिल्लाका २ वटा स्थानीय तहमा गठन भएको समितिलाई निरन्तरता दिँदै पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा विस्तार गरिने छ । 


 

Back to top