×

वीरगञ्ज, ३० भदौ ।  वीरगञ्जको माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा पर्सा प्रहरीले छापामारी गरेको छ । 

हुण्डी कारोवार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको क्राइम शाखाका प्रहरी नायब निरीक्षक विनोद  कुमार सिँहको नेतृत्वमा खटिएको टोलीले केन्द्रमा छापामारी गरेको हो । 

छापामारीको क्रममा लगभग ५० लाखको हाराहारीमा नगद बरामद गर्नुका साथै केन्द्रका सञ्चालक कन्हैया साह सोनारलाई नियन्त्रणमा लिएको छ । 

यसअघि पनि प्रहरीले सोही पसलमा छापामारी गरेर स्रोत नखुलेको ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदीसहित ८ जनालाई पक्राउ गरेको थियो । 

Back to top