×

वीरगञ्ज, ३० भदौ ।  नैतिक तथा शैक्षिक विकास केन्द्रको आयोजनामा नृत्य, संगीत तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित विन्दवासीनी मन्दिरको सभाहलमा ५७ औँ राष्ट्रिय बालदिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । 

जिवनज्योती मावि, नेशनल कलेज र युवालयको सहकार्यमा आयोजित कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ती कार्कीले गरेकी थिईन् । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख कार्कीले बालबालिकाहरुको क्षमता अभिृबृद्धि र व्यक्तित्व विकासका निम्ती अतिरिक्त क्रियाकलापको आवश्यक्ता औँल्याईन् ।

केन्द्रक अध्यक्ष सुधिर कुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा विन्दवासीनी मन्दिरका पुजारी पुरुषोत्तमदेव उपाध्याय, जिवनज्योती माविकी प्रधानाध्यापिका मिनाक्षी गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ की वडा सदस्य कनिका कौशिक, दिपक यादव, प्रमोद यादव लगायतको उपस्थिती रहेको थियो ।

नृत्य प्रतियोगितामा सिम्रन साह प्रथम, प्रशुना अधिकारी द्वितिय र समिक्षा ठकुरी तृतिय भएका छन् । यस्तै संगीत प्रतियोगितामा अस्तुती गिरी प्रथम र इसिका सिँह द्वितिय भएका छन् भने वक्तृत्वकलामा तिनु यादव प्रथम, अर्जुन साह द्वितिय र अमलेश साह तृतिय भएका छन् । 

केन्द्रकी कोषाध्यक्ष सिम्रन थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी सूर्यनाराया वि.क.ले गरेका थिए । 
 

Back to top