×

वीरगञ्ज, ३० भदौ ।  पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी स्कुलबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

बुधवारदेखि शुरु भएको कक्षा १२ को परीक्षा अर्काको नाममा दिने राजकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बरवाटाडीमा सन्दीप दास थारुको नामबाट अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका दासलाई प्रहर चौकी बढनियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 
 

Back to top