×

वीरगञ्ज, ३० भदौ ।  पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ मा ५७ औँ राष्ट्रिय बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एक्शनएड, नेपाल तथा दिब्य युवा क्लब पर्साको संयूक्त साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत दिवसको अवसर पारेर बालविवाह तथा दाइजो पर्थाले बालबालिकाको शिक्षामा परेको प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

‘सामन्य अवस्था वा कोभिड महामारी, वाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यस वर्षको बालदिवस मनाइएको हो । दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षयतामा भएको प्रतियोगितामा गाउँपालिकाका ११ वटा बाल क्लबबाट १५ जनाबालबालिकाहरुले सहभागीता जनाएका थिए । 

प्रतियोगितामा श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय सुगौली दा.प.का बिज्ञान विषयका शिक्षक ज्ञानेन्द्र प्रसाद चौधरी, दिब्य युवा क्लब पर्साका सामाजिक परिचालक प्रतिमा चौधरी र बिन्दा गैरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । दिब्य युवा क्लब पर्साका सामाजिक परिचालक छोटेलाल प्रसाद यादवले टाईम किपरको भूमिका निर्वाह गरेका थिए ।  प्रतियोगितामा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ निवासी पुणिमा कुमारी प्रथम, पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निवासी दिपावली कुमारी साह द्वितिय,  वडा नम्बर १ बस्ने कृष्णा चौधरी तृतिय, वडा नम्बर २ बस्ने सकिना खातुन शान्तवना र
वडा नम्बर ३ का रामजन्म माझी पाँचौ स्थान हाँसिल गरेका थिए । 

पटेर्वा सुगौली गाउँपालिकालाई बालबिबाह मुक्त  गाउँपालिका घोषण गराउने अभियानअन्र्तगत आयोजित प्रतियोगिताका विजयीहरुलाई गाउँपालिकाको शिक्षा शाखा प्रमुख शम्भु साहले पुरस्कार वितरण गरेका थिए । 
 

Back to top