×

काठमाण्डौ । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार स्थिर रहेको सुनको भाउ बुधवार रू. ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९१ हजार २ सयमा कारोबार भइरहेको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ६ सयमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ६ सयले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ७ सयमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मंगलवार प्रतितोला रू. १ हजार २ सयमा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
 

Back to top