×

वीरगञ्ज, २९ भदौ ।  सिभिल बैंकले वीरगञ्जस्थित गैरसरकारी संस्था युथ अवेरनेस अफ नेपाललाई १ थान प्रिन्टर उपलब्ध गराएको छ । 

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने ध्येयका साथ सञ्चालित बैंकले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संघ संस्थालाई प्रोत्साहनस्वरुप प्रिन्टर सहयोग गरेको हो । 

युवा स्वरोजगार अभियानअन्र्तगत विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आयआर्जन तथा जिविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्थाकी अध्यक्ष गीता खनाललाई सिभिल बैंक प्रदेश नम्बर २ का प्रमुख विश्वराज अर्यालले प्रिन्टर हस्तान्तरण गरेका हुन् । 
 

Back to top