×

वीरगञ्ज २९ भदौ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित आईतबार राती बरिब २ बजे मोटरसाईकल चोरी भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित आईतबार राती बरिब २ बजे नगवा न्याँ बस्तीमा रहेको अधिवक्ता अजय कुमार स्वर्णकारको घरबाटै ना ४६ प ५७५२ नम्बरको रातो कालो रंगको १५० सि.सि.को पलसर मोटरसाइकल चोरी भएको स्वर्णकारले जानकारी दिए । 

मोटरसाईकल धनी स्वर्णकारका अनुसार हेन्डल लक गरि राखिएको मोटरसाईकल राति घरवाटै गायब भएको हो ।

उनले यस बारे प्रहरी प्रशासनमा जानकारी गराइसकेको र कहि कतै भेटिएमा आफुलाई खबर गरिदिन आग्रह गरेका छन् ।

मोटरसाईकल कहि कतै देखेमा आफ्नो मोबाईल नम्बर ९८५११४२०१७ मा फोन गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।
 


 

Back to top