×

काठमाण्डौ । मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुँदै जाने बताएका छन् ।

मनसुनी गतिविधि कमजोर हुँदै गएकाले अब लगातार ठूलो झरी पर्ने सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताए । तर, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने उनको अनुमान छ । 

स्थानीय वायुको प्रभावले कुनै एक ठाउँमा केहीबेर ठूलो पानी पर्छ तर त्यहीँ नजिकै भने पानी नपर्न पनि सक्छ । स्थानीय वायुको असरले मेघगर्जनसहित खण्डखण्ड भएर ठूलो पानी पर्ने मौसमविद् अर्यालले बताए । 

नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन भित्रन्छ भने सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

तर, यसमा केही दिन घटबढ भने हुने गरेको छ । आज सेप्टेम्बर १३ तारिख भइसकेको छ । यसले गर्दा पनि अब लगातार ठूलो झरी पर्ने सम्भावना कमै रहेको मौसमविद् अर्यालले बताए । 

मौसमविद्ले आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको बताएका छन् ।

Back to top