×

अफगानिस्तानमा अमेरिकाको २० वर्षको उपस्थितिको अन्तिम दिनमा गरिएको ड्रोन हमलाको दाबीमाथि अमेरिकी मिडियाले प्रश्न गरेका छन् ।

पत्रिका न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टले हमलामा इस्लामिक स्टेटको अपरेटिव मारिएको खबर गलत भएको दाबी गरेका छन् ।

पत्रिकाका अनुसार उक्त हमलामा काबुलका सहायता समूहसँग संलग्न एक व्यक्तिको मृत्यु भएको थियो । मिडिया संस्थाले आफूहरुले जुन प्रमाण भेटेका छन्, त्यसले अमेरिकी सेनाको ती दाबी पनि खारेज गरेको बताएको छ जसमा गाडीमा बिस्फोटक भेटिएको र यसकारण दोस्रो बिस्फोट भएको बताइएको थियो ।

यद्यपि, पेन्टागनले आफूहरु ‘ठूलो खतरा’ लाई रोक्न सफल भएको कुरामा आफू विश्वस्त भएको बताएको छ ।

काबुलमा २९ अगस्टमा एक ड्रोन हमलामा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । परिवारका अन्य सदस्यले बीबीसीसँगको कुराकानीमा मृत्यु हुनेमा ६ बालबालिका पनि समावेश भएको जानकारी दिएका थिए ।

Back to top