×

दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको हो । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो ।

 त्यस्तै फिल्मको रिलिज डेट पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुनेछ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका छन् । यस फिल्मको निर्देशन सिरुथई शिवाले गरेका हुन् । फिल्ममा मीना, खुशबू, जगपति बाबू, प्रकाशराज आदि स्टारहरु देखिनेछन् ।

फिल्ममा डी इमानले संगित भरेका छन् । त्यसैगरी स्वर्गीय एसपी बालासुब्रमण्यमले गाएको अन्तिम गीत पनि यसमा समावेश हुनेछ, कोरोना संक्रमित भएर ज्यान गुमाउनुअघि उनले यो गीत गाएका थिए । 

Back to top