वीरगञ्ज, २६ भदौ । आईटी आर्मी वीरगञ्ज महानगर कमिटीको प्रथम भेला वीरगञ्जमा सम्पन्न भएको छ ।
महानगर कमिटीका संयोजक महमद रेहान इब्राहिमको सभापतित्वमा सम्पन्न भेलालाई सम्बोधन गर्दै संविधा सभा सदस्य ईस्लाम हवारीले विज्ञान र प्रविधिको विकाससँगै अब आईटी आर्मीको आवश्यक्ता बढेको बताए । उनले अब यो संगठनलाई हरेक स्थानीय तहमा विस्तार गरेर प्रविधिको प्रयोगमार्फत भ्रष्टाचार, अनियमितता तथा लापरवाहीको खबरदारी गर्नुपर्नेमा जोड दिए ।
‘सामाजिक न्याय, सुशासन तथा समाजवादप्रति प्रतिबद्ध’ भन्ने नाराका साथ सम्पन्न भेलालाई सम्बोधन गर्दै रौतहटको क्षेत्र नम्बर ३ ख का पूर्व प्रदेश सभा सदस्य कुन्दन कुश्वाहाले विशेष गरी कृषि क्षेत्रका र किसानका दुःख पिडाहरुलाई आइटी आर्मीले उर्जागर गर्नुपर्ने धारणा राखे ।
उनले कृषिमा आधुनिकीकरण गर्नुपर्ने र कृषकको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गर्न सके देशको कायापलट हुने दावी गरे । कृषि प्रधान देशमा वर्षेनी करोडौ मूल्य बराबरको चामल आयात हुनु लज्जास्पद विषय भएको बताउँदै कुश्वाहले सरकारले साथ दिएमा नेपालको उत्पादनले नेपाललाई पनि पुगेर ५० प्रतिशत निर्यात गरी आम्दानी बढाउन सकिने विश्वास व्यक्त गरे ।
त्यसैगरी आईटी आर्मी पर्साका अधयक्ष पर्साका अध्यक्ष सन्तोष पटेलले बन्द रहेका उद्योग तथा कलकारखाना सञ्चालन गरेर युवाहरुलाई रोजगार सृजना गर्नुका साथै देशको राजस्व बढाउनुपर्ने बताए । उत्पादनमुखी काममा सरकारले वेवास्ता गरेको बताउँदै उनले सरकार समाजवाद भन्दा पनि व्यक्तिवादतर्फ उन्मुख भएको टिप्पणी गरे ।
कार्यक्रममा नेपाल इण्डो हस्पिटलका प्रबन्ध निर्देशक चन्द्र शेखरले आईटी आर्मीका सम्पुर्ण पदाधिकारीलाई फार्मेशी बाहेक अन्य परीक्षणहरु निःशूल्क गर्ने घोषणा गरे । राष्ट्रिय स्वाधिनताको रक्षा गर, राष्ट्रघाती एमसिसी फिर्ता गर लगायतका नारा लगाउँदै नगर परिक्रमापश्चात भएको औपचारिक कार्यक्रममा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पवन तिवारी, युवा परिषद् पर्साका अधयक्ष अमिताभ बचन दास, बाराका नेता उमेश कुश्वाह, आईटी आर्मी संगीत विभागका विजय यादव लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा महमद रेहान इब्राहिमको संयोजकत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको सहसंयोजकमा मखन पटेल रहेका छन् । कार्यक्रमको सहजिकरण आईटी आर्मी पर्साका ईन्चार्ज सुनिल रौनियारले गरेका थिए ।
