वीरगञ्ज २६ भदौ । वीरगञ्ज उद्योग वाणिज्य संघले प्रचलित विधान बमोजिम स्वास्थ्य समिति विस्तार गरेको छ ।
संघ अन्तरगत स्वास्थ्य समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुमन क्याललाई मनोनयन गरिएको छ ।
समिति विस्तार कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले पोखरिया अस्पताललाई व्यस्थित गर्नका लागि एउटा भ्रमण टोली बनाई पोखरिया अस्पताललाई अवलोकण गर्ने र आवश्यक सुधार गर्नु परे यस समितिले पहल गर्ने प्रतिबद्धता जनाए । उनले बालबालिकाहरुलाई लगाईने टिका (खोप) नारायणी अस्पलातलाई मात्र नदिई अन्य अस्पतालहरुलाई पनि उपलब्ध गराउन यस समितिले पहल गर्ने बताए ।
अध्यक्ष गुप्ताले बच्चाहरुको टिका (खोप)का लागि जिल्ला जनस्वास्थ्यसँग समन्वय गरि अन्य अस्पतालहरुलाई समेत उपलब्ध गराउन पहल गर्ने धारण राखे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुमन क्यालको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा नरेश टिवडेवाल, डा.नितिन तुल्स्यान, डा.सास्वत प्रसाद, डा.जेपी जैसवाल, शिवराज गौतम र सुशिल खेतानलाई मनोनयन गरेको अध्यक्ष गुप्ताले बताए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायतको उपस्थिति रहेको थियो ।