×

वीरगञ्ज, २६ भदौ ।  माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पर्साको कार्यसमिति चयन गरिएको छ ।

बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटीको शनिवार एक औपचारिक कार्यक्रमका बिच घोषणा गरिएको हो । थापा अध्यक्ष र विक्रम चौरसियालाई सचिवको जिम्मेवारी सुम्पिएको छ ।

पार्टीका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, रामचन्द्र यादव लगायतको उपस्थितीमा जिल्ला कमिटी घोषणा गरिएको जिल्ला कमिटिका सदस्य बृजलाल पासवानले जानकारी दिए । जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई शनिवार नै सपत ग्रहण समेत गराइएको छ । 

कमिटी घोषणापश्चात जिल्ला कमिटीको पहिलो बैठक समेत बसेको सदस्य पासवानले बताए । पासवानका अनुसार वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा मनोज चौधरीलाई चयन गरिएको छ । पार्टीको पहिलो बैठकले पार्टीका जनसंगठन प्रमुख समेत तोकेको छ ।

जसमध्ये युवाँ फाटको प्रमुखमा अनिल पटेल, प्रेस प्रमुख राघव साह, निजामती प्रमुख सुबेदार यादव, पेसागत प्रमुख सन्तोष सिँह, मुक्ति समाज प्रमुख बृजलाल पासवान, किसान संघ प्रमुख ध्रुब पटेल, बुद्धिजिवी प्रमुख रघुनाथ चौरसिया र महिला प्रमुखमा जोगमाया तामाङ्गलाई जिम्मेवारी दिइएको छ । 
 

Back to top