×

वीरगञ्ज २६ भदौ । जनता समाजवादी पार्टीबाट नवगठित लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका १७ प्रदेश सांसदलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

प्रदेश २ का १६ र सुदुरपश्चिम प्रदेशका १ लोसपामा सनाखत गर्ने सांसदलाई निर्वाचन आयोगले मान्यता दिएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश २ मा लोसपामा सनाखत गर्नेहरुमा जितेन्द्र सोनल, जैलुन राइन, जानकीशरण साह, रानी शर्मा तिवारी, उपेन्द्र महतो, प्रमेश्वर साह, गौरीनारायण साह, निलमदेवी भुमिहारीन, सुरिता कुमारी साह, अलका कुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पल कुमारी, प्रह्लाद गिरी गोश्वामी, अभिराम शर्मा छन् ।

लोसपामै सनाखत गर्नेमा सुदूरपश्चिमका जसपा प्रदेश सांसद कृष्णबहादुर चौधरी छन् ।

निर्वाचन आयोगले मान्यता दिएसंगै प्रदेश २ मा लोसपा संसदीय दलको नेता र प्रमुख सचेतक बन्न प्रदेश सांसदहरूले लबिङ सुरु गरेका छन् ।

Back to top