×

क्यानडियन दोस्रो वरियताका रुसी खेलाडी डानिल मेडभेडेभ युएस ओपन टेनिसअन्तर्गत पुरुष एकलतर्फ फाइनलमा पुगेका छन्। मेडभेडेभले क्यानडियन फेलिक्स अगर-एलिएसिमलाई सोझो सेटमा पाखा लगाउँदै फाइनलको यात्रा तय गरेका हुन्।

तेस्रो ग्रान्डस्लाम फाइनलमा पुग्ने क्रममा मेडभेडेभले फेलिक्सलाई ६-४, ७-५ र ६-२ को सेटमा पराजित गरेका हुन्। उनले उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोविच र चौथो बरियताका जर्मन खेलाडी एलेक्सान्डर स्वेरेभबिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।

मेडभेडेभ २०१९ को फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए भने पछिल्लो पटक गत फेब्रुवरी मा अस्ट्रेलियन ओपनमा जोकोभिचसँग पराजित भएका थिए। जोकोभिच भने एकै क्यालेन्डर इयरमा सबै ग्राण्डस्लाम जित्ने लक्षमा रहेका छन्। उनले फाइनल प्रवेशका लागि स्वेरेभसँग अहिले प्रतिस्पर्धा गरिरहेका छन्।

Back to top