×

वीरगञ्ज २५ भदौ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा भ्रष्टाचार विरुद्धको भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ । सर्वदलीय दल तथा पकहामैनपुर युवा सञ्जालको संयुक्त आयोजनामा गाउँपालिकामा भएको भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न भएको हो । 

पकहामैनपुर गाउँपालिका वडा नं २ मधुबनी चौकमा भएको कार्यक्रममा नेकपा एमालेका गाउँपालिका अध्यक्ष अकलेश साहले गाउँपालिका भ्रष्टाचारमा लिप्त रहेको दाबी गर्नु भयो । गाउँपालिकाले पटक पटक रकम निकासा गरेर बनाएको धर्मशाला उद्दघाटन हुनै पहिला छत चुईरहेको बताउनु भयो । गाउँपालिकामा १० प्रतिशत पनि विकास निर्माण सम्पन्न नभएको बताउनु भयो । जे भएको छ त्यो मात्र कागजमा भएको ठोकुवा गर्नु भयो ।

कार्यक्रम सम्बोधन गर्दै गाउँपालिकाको वडा नं ४ का वडा सदस्य अनिल साहले गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले डिजिटल गाउँपालिका बनाउने उदश्यले नेट जडानका लागि गाउँपालिकाबाट ३५ लाख रकम निकासा गरे पनि अहिले सम्म नेट जडान नभएको र कागज मै मात्र भएको बताउनु भयो । गाउँपालिकाले गलत प्रक्रियाबाट नियुक्ति गर्ने लागेको र त्यो नियुक्ति प्रक्रिया तत्काल रोक्न आग्रह गर्नु भयो ।

गाउँपालिकामा उद्योग नभए पनि गाउँपालिका अध्यक्ष चौरसियाले उधोगको नाममा कागजमै रकम निकासा गरी रकम हिनामिना गरेको युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलले बताएँ । 

गाउँपालिका अध्यक्ष चौरसियाले आफूखुसी गाउँपालिका वडा नं २ मा पर्ने पोखरीको जबरजस्ती ८ लाख बराबरको माछा मारी माछाको रकम अहिले सम्म गाउँपालिकाको खातामा रकम नबुझाएको युवा नेता राकेश कुशवाहाले आरोप लगाउनु भयो ।

गाउँपालिका अध्यक्ष चौरसियाले चुनाव जिते पछि सप्त ग्रहण गर्ने बेलामा मैले १ रुपैयाँको भ्रष्टाचार गर्दैन र गर्ने दिदैं भनेका थिए । उहाँले साच्चिकै १ रुपैयाँको होइन करोडौं करोडौंको भ्रष्टचार गर्नु भएको वडा नं ५ का वडा सदस्य महेन्द्र रामले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले भ्रष्टाचारमा लिप्त रहेका गाउँपालिका अध्यक्ष चौरसियालाई जेलमा पठाई आन्दोलन स्थगीत गर्ने बताएका थिए ।

कार्यक्रममा हरी चौहान , नर्सुल्लाह मियाँ , राजेश सहनी , सिन्दु मेहता , विनोद मेहता , रामबाबु चौरसिया , सुरेश मेहता , हृदयनारायण कुशवाहा , बलिराम दास , इदृष मियाँ ,पनालाल यादव , दिपनारायण ठाकुर , मोटर बर्नवाल , अब्दुल आलम , राजन साह , अकलेश पटेल , बिनय कुशवाहा लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको अध्यक्षता राकेश कुशवाहा , स्वागत मन्तब्य फरिन्द्र चौहान र कार्यक्रम सञ्चालक नवल पटेलले गरेका थिए भने युवा गायक सुनिल पण्डितले सांस्कृतिक मनोरञ्जन गराएका थिए।

Back to top