×

वीरगञ्ज २४ भदौ । वीरगञ्ज स्थित बालमन्दिरको जग्गा भाडामा लिएको विषय यतिबेला चर्चामा छ । जग्गा भाडामा लिएका संकल्प शाक्यले भाडा नदिएको भन्ने विषयले चौतर्फी चर्चा बटुलेपछि सम्झौताअनुरुप आफुले भाडा बुझाइरहेको शाक्यले दावी गरेका छन् । 


२०६८ साल असार १० गते शाक्यलाई २७ वर्षका लागि जग्गा लिजमा दिने तत्कालिन कार्यसमितिले निर्णय गरेको तत्कालिन कार्यसमितिका अध्यक्ष अशोककुमार जयसवाल बताउँछन् । 

वीरगञ्ज स्थित बालमन्दिरको जग्गा भाडामा लिन भन्दा अगाडी बालमन्दिरको तस्वीर 

बालसंगठनकै जग्गा राधे राधे मन्दिरलाई दिएको हुँदा उक्त जग्गा पनि सँधैका लागि अरुलाई दिने प्रपञ्च रचिएपछि विद्यालय तथा अस्पताल सञ्चालनका लागि भाडामा दिने निर्णय कार्यसमितिले गरेको जयसवालको भनाई छ । घोडा तथा गौचरण र नगरपालिकाको फोहोर फाल्ने ठाउँको रुपमा रहेको उक्त जग्गालाई सदुपयोग गर्नुका साथै संगठनको आयस्रोतमा समेत सुधार आउने अभिप्रायले तत्कालिन समितिले भाडामा दिएको जयसवालले यात्राडेलीसँग भने । उनले थपे, ‘नगरपालिकाले फोहोर फाल्नुका साथै यहाँका स्थानीयका गाई भैँसी एवम् घोडा चराउने थलो बनेको जग्गालाई व्यवस्थीत गर्नुका साथै संगठनको आम्दानी बढाउन स्कुल मात्र संचालन गर्न पाइने गरी सम्झौतामा भाडामा दिए र सम्झौता म्याद सकिएको दिन देखि सम्पूर्ण निर्माण गरिएको भौतिक संरचना संगठन कै स्वामित्व मा आउने बनाई दिएर केही गल्ती गरे जस्तो लाग्दैन ।’ 

तत्कालिन अध्यक्ष जयसवालका अनुसार संकल्प शाक्य र संगठनको कार्यसमितिबिच शुरुमा प्रतिमहिना १६ हजार १ सय रुपैयाँ भाडा दिने सम्झौता भएको थियो । २ वर्ष पश्चात भवन निर्माण भएपछि प्रतिमहिना २१ हजार १ सय रुपैयाँ भाडा दिने र २५ वर्षपछि निर्माण गरिएका सबै संरचना संगठनको हुने सम्झौता भएको संकल्प शाक्यले बताए । ३ वर्षपछि ३ वर्षमा दिँदै आएको भाडामा १० प्रतिशतले वृद्धि गर्ने पनि सम्झौता पत्रमा उल्लेख छ । शुरुमा पोखरीसहित जिर्ण, कर्कटको पानी चुहुने हल रहेकोमा हाल १२ कोठे भवन, ठूलो सभाहल, कार्यालय, शौचालय, सरस्वतीको मुर्ती लगायतका संरचना निर्माण गर्नुका साथै पोखरी पुर्नका लागि ६ कट्ठा माटो भर्नेसम्मका कार्यमा करोडौ खर्च लगानी लगाएको शाक्य बताउँछन् । सम्झौताअनुरुप अहिले १० वर्ष बितेको छ । अबको १७ वर्षपछि अँझै अरु संरचनाहरु पनि निर्माण गर्ने र निर्मित सबै संरचना संगठनकै हुने शाक्लय बताए ।  

वीरगञ्ज स्थित बालमन्दिरको जग्गा भाडा लिएर बनाई दिएको यो संरचना सम्झौता म्याद सकिएको दिन देखि सम्पूर्ण निर्माण गरिएको भौतिक संरचना संगठन कै स्वामित्व मा जाने हो ।

वाउण्ड्री वाल र तारवार दोस्रो पक्षले आफै गर्ने सम्झौता भएपनि पहिलो पक्षको निर्देशनबमोजिम पूरानो जिर्ण भवनको मर्मत, छाना र फल्स सिलिंग लगाउने, पोखरीमा माटो पुर्ने, उत्तर पूर्वमा रहेको खुला सिमानामा पर्खाल निर्माण गर्ने लगायतका कार्यमा भएको १५ लाख २१ हजार ५ सय ५० रुपैयाँ भाडामा मिनाहा गर्न नेपाल बाल संगठन पर्साका सभापतिलाई निवेदन दिएको शाक्यले बताए ।  उक्त निवेदनकै आधारमा भाडा मिनाहा गर्ने सहमति भएको थियो । सभापति जयसवालको स्वास्थ्यमा समस्या देखिएपछि उक्त सहमति लथालिंग भयो । 

 

वीरगञ्ज स्थित बालमन्दिर संगठनको खातामा रकम जम्मा गरेको रसदि 


लागत खर्चबाट भाडा मिनाहा गर्न निवेदन आएपनि आफु बिरामी परेपछि खाता नविकरण र अरु क्रियाकलाप सञ्चालन गर्न नसकेको तत्कालिन अध्यक्ष जयसवालले जानकारी दिए । ‘२०७७ सालको असोजमा नेपाल बाल संगठन पर्साको कार्यसमितिमा आएको नयाँ नेतृत्वले खाता सञ्चालन गरेपछि पटक÷पटक गरी संगठनको खातामा रकम दाखिला गर्दा मिनाहा गरेको रकमको हिसाव जोड्दा उल्टैै २ लाख रुपैयाको हाराहारीमा मेरै हिसाव बढी देखिन्छ,’ शाक्यले भने ।


तत्कालिन कार्यसमितिका सभापति जयसवालले निर्माणमा लागेको १५ लाख २१ हजार ५ सय ५० रुपैयाँ भाडामा मिलान नगर्ने निर्णय गरे उक्त रकम पनि तिर्न आफु तयार रहेको शाक्यले यात्राडेलीसँग भने । 

भाडामा मिनाहा गर्न नेपाल बाल संगठन पर्साका सभापतिलाई दिएको निवेदन


आफुले लिजमा लिनुभन्दा पहिले नै विद्युत लाईन नभएको शाक्यको भनाई  छ । विद्युत लाईन चोरी भएको भनेर तत्कालिन वडा प्रहरी कार्यालय विर्तामा निवेदन समेत दिएको तत्कालिन सभापति जयसवालले बताए । १ वर्षका लागि बालमन्दिरबाट तत्कालिन सभापति जयसवालको अनुमतिमा विद्युत लाईन जडान गरेको शाक्यले स्विकारे । तर पछि उक्त लाईन पनि काटेको हुँदा आफुले जेनेरेटरको प्रयोगबाट विद्यालय सञ्चालन गरेको उनी बताउँछन् । लाईन जडान गर्न पटक÷पटक अनुरोध गर्दासमेत जडान नगरिदिएको शाक्यको दुखेसो छ । 

 

वीरगञ्ज स्थित बालमन्दिर संगठनलाई दिनुपर्ने भाडाको हिसाब 

Back to top