×

वीरगञ्ज, २१ भदौ । प्रसुती रोग विशेषज्ञ डा. सलमा बानुले शल्यक्रिया गर्दा स्वास्थ्यमा समस्या देखिएकी निशा गुप्तालाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

पर्साको पोखरिया नगरपालिका निवासी २५ वर्षीय निशा गुप्ताको एड्भान्स मेडिकेयरमा डा. बानुले शल्यक्रिया गरेर बच्चा निकालेकी थिईन् ।

गर्भ रहेदेखि नै डा. बानुसँगै परीक्षण गराउँदै आएकी गुप्ताको शल्यक्रियापश्चात स्वास्थ्यमा समस्या देखिएको थियो ।

आमासँगै बच्चाको पनि स्वास्थ्यमा समस्या देखिएपछि डा. बानुकै लापरवाहीका कारण आफ्नी श्रीमतीको ज्यान जोखिममा परेको गुप्ताका श्रीमान श्यामकिशोर प्रसादको आरोप छ ।

एड्भान्स मेडिकेयरमा स्वास्थ्यमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयरमा रिफर गरिएका गुप्तालाई काठमाण्डौको टिचिंङ् हस्पिटलमा लगिएको उनका श्रीमान श्यामकिशोर प्रसादले बताए । लापरवाही गरेर शल्यक्रिया गर्दा आमाको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै आफन्तले अस्पतालमा शनिवार साँझ डा. बानुको विरुद्धमा केही बेर प्रदर्शन गरेका थिए ।

Back to top