×

भारतमा भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ३६ हजार ३८५ जना संक्रमणमुक्त भएका छन्।

नयाँ थपिएका संक्रमितसँगै कुल संक्रमित तीन करोड २९ लाख ४५ हजार ९०७ पुगेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। तीन करोड २१ लाखभन्दा बढी संक्रमणमुक्त भइसकेका छन्। जसमध्ये चार लाख पाँच हजार ६८१ जना सक्रिय संक्रमित छन्।

सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ। यस्तै‚ पछिल्लो २४ घण्टामा ३३० जना संक्रमितको मृत्यु भएको छ।

अधिकारीले शनिबार दिएको जानकारीअनुसार भारतमा ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका छन्। तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको हुन्।

खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

Back to top