×

फगानिस्तानका लगभग सबै प्रान्त अहिले तालिबानको कब्जामा छन्। २० वर्ष सत्ता बाहिर बसेको तालिबान कसरी समृद्ध भयो भन्ने आम चासो रहेको छ।

सन् २०११ मा तालिबानको वार्षिक आय लगभग २ हजार ९ सय करोड रूपैयाँ थियो। तर, २०१८ को अन्त्यसम्म बढेर ११ हजार करोड रूपैयाँ पुगेको छ। अब तालिबानले अफगानिस्तानको सरकार नै सञ्चालन गर्न लाग्दै छ। यस्तो स्थितिमा उनीहरूको आयका स्रोतहरू अझै धेरै बढ्ने छन्।

तालिबानको आम्दानीका मुख्य स्रोत ४ वटा मानिन्छ। विशेषज्ञहरूका अनुसार  तालिबानले अफिमबाट वार्षिक करोडौं डलर कमाइरहेका छन्। त्यसबाहेक उनीहरूले आफ्नो कब्जामा रहेका भूभागमा असुल्ने अनेकौं प्रकारका करबाट पनि ठूलै आम्दानी तालिबानलाई हुने गर्छ।

विदेशबाट आउने अनुदान र खनिज व्यापार पनि उसको कमाईका प्रमुख माध्यम रहेको बताइन्छ।

Back to top