×

तालिबान आएपछि अफगानिस्तानको स्थिति ठिक छैन । सबैकुरा फेरिएको छ । राष्ट्रपति, सांसद, राजनेतादेखि सेलिब्रिटीलगायतले देश छोडिसकेका छन् । मानिसहरु आफ्नो भविष्यको चिन्ताका कारण अफगानिस्तानबाट भागिरहेका थिए । सोसल मिडियामा अफगानबाट निकै भयावह तस्बिर र भिडियो सार्वजनिक भइरहेका छन् । यसैबीच अफगानिस्तानका चर्चित गायक हबीबुल्लाह शबाबले पनि तालिबानको डरले गीत गाउन छोडेका छन् । शबाब अब तरकारी बेचिरहेका छन् । 

शबाबले तालिबानले सङ्गीतमाथि प्रतिबन्ध लगाइदिएको छ । उनले भने, ‘अब के गीत गाउने । आफ्नो सानो व्यवसायमाथि ध्यान केन्द्रीत गर्न चाहन्छु । अब यहाँ गायन व्यवसाय पूर्ण रुपमा ठप्प देखिन्छ, यस्तोमा केही त काम गर्नुपर्यो नि । ’

हबिबुल्लाह शबाब, हेलमेन्डका शीर्ष कलाकार तथा गायक हुन् । उनले भने, ‘तालिबानको कब्जापछि यहाँबाट लगभग सबैजसो कलाकार भागिसकेका छन् । यसले स्पष्ट पार्छ कि मानिसहरु शान्तिले जीवनयापन गर्न चाहन्छन् ।’


यसअघि अफगान पप स्टार आर्याना सईदले पनि काबुल छोडेकी थिइन् । हाल उनी अमेरिकामा छिन् । उनले अमेरिकी सरकारसमक्ष पाकिस्तानलाई आर्थिक मद्दत दिनबाट रोक्न अपिल गरेकी छिन् । उनका अनुसार पाकिस्तान आइएसआईस र तालिबानका लागि आतंककारी पैदा गर्छन् । 

 

 

 

Back to top